विराटनगरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विराटनगरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु


१० मंसिर २०७७, बुधबार


विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडकिल कलेजमा २ जना र सुनसरीको धरानस्थति बीपी कोभडि अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महलिा र एक पुरुषको मृत्यु भएको छ। सुनसरीको रामधुनी नगरपालकिा-६ का ४० वर्षीय पुरुषको राति करिब ११:४० बजेतरि मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालकिा-७ की ५० वर्षीया महिलाको पनि राति करिब ९स्१५ बजे मृत्यु भएको छ। महलिालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो। महलिामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैबिच कोरोना भाइरस संक्रमणका कारण सप्तरीका एक पुरुषको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिान धरानमा मृत्यु भएको छ।

सप्तरीको राजविराज-४ का ५० वर्षीय पुरुषको मंगलबार राति करिब १२:१५ बजेतिर मृत्यु भएको प्रतष्ठिानले जनाएको छ। मंसिर १ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो। मृतकमा कलेजोको पुरानै समस्या रहेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस