१६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु


१० मंसिर २०७७, बुधबार


बालक

काठमाडौं । कञ्चनपुरमा १६ महिने एक बालकको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको छ । बेदकोटनगरपालिका–९ सुन्दरपुरमा १६ महिने बालक साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किएपछि महाकाली अस्पताल लगिएको थियो । त्यहाँ ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।

उपचारकै क्रममा बालकको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस