वैदेशिक रोजगार विभागले गर्‍यो तीन म्यानपावरको कारोबार रोक्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैदेशिक रोजगार विभागले गर्‍यो तीन म्यानपावरको कारोबार रोक्का


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल कम्पनीको कारोबार रोक्का गरेको हो ।

विभागका अनुसार यी म्यानपावर कम्पनीहरूले नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि कारोबार रोक्का गरिएको हो ।

कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा सोमबार र मङ्गलवार छापा मारेको थियो ।

विभागले तीन वटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको थियो । होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो।

कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले अपारदर्शी ढङ्गबाट छनोट गरिएका म्यानपावर कम्पनीमार्फत जम्मा पारिएका युवासँग सोमबारै अन्तर्वार्ता लिन सुरु गरेको हो । अन्तर्वार्ता लिन कतारका कर्णेलको नेतृत्वमा टोली काठमाडौँमा आएको छ ।

तर कतारको प्रहरी सेवामा भर्ना गर्न कतैबाट अनुमति नलिइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस