मुख्यमन्त्री कार्यालयले माग्यो कार्यकारी निर्देशक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री कार्यालयले माग्यो कार्यकारी निर्देशक


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले कार्यकारी निर्देशक पदका लागि विज्ञापन आव्हान गरेको छ ।

प्रदेश तथा स्थानीय तहका निर्वाचित, मनोनीत वा नियुक्त पदाधिकारी तथा कर्मचारीको प्रशासनिक एवं व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्न भन्दै स्थापना गरिएको प्रदेश सुशासन केन्द्रका लागि एक जना कार्यकारी निर्देशक मागेको हो ।

कार्यकारी निर्देशकका लागि कम्तीमा पनि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ । साथै स्वायत्त शासन, प्रशासन, विकास, व्यवस्थापन वा प्राज्ञिक क्षेत्रमा कम्तीमा पनि १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा भनिएको छ ।

शैक्षिक योग्यता, कार्य अनुभव, कार्य योजना निर्माण तथा प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा परीक्षा लिइने छ । उम्मेदवारले प्रदेश सुशासन केन्द्रको कार्यकारी निर्देशक सिफारिस सम्बन्धी कार्यविधि, २०७७ को अनुसूची–७ बमोजिमका कागजातहरू पेस गर्नुपर्नेछ । उक्त कार्यविधि कार्यालयको वेबसाइटमा उपलब्ध छ ।

उम्मेदवारको उमेर हद ३५ वर्ष उमेर पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । उम्मेदवारले दरखास्तसाथ वैयक्तिक विवरण, कार्य योजना, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्य अनुभवको प्रमाणपत्र तथा अन्य कागजातहरू इमेलमार्फत वा आफू स्वयम् कार्यालयमा उपस्थित भई आवेदन दिन सकिने छ ।

दरखास्त दिने अन्तिम मिति मङ्सिर २२ गतेसम्म रहेको छ । आवेदन परेकामध्येबाट छोटो सूची प्रकाशन पश्चात् अन्तर्वार्ताका लागि फोन, इमेल वा एसएमएसबाट जानकारी दिइने सूचनामा भनिएको छ ।

यस्तो छ सूचना :

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस