आज देशभर १७९० जनामा कोरोना संक्रमण पुष्टि, २७९१ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज देशभर १७९० जनामा कोरोना संक्रमण पुष्टि, २७९१ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।

कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस