बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते


९ मंसिर २०७७, मंगलबार


बैतडी। बैतडीको झुलाघाटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मंगलबार १ बजे झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जिप बुड्डाको झाल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाँच जनाको घटना स्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा कलावति चन्द, भगिरथ पाण्डेय, पार्वतीदेवी चन्द, सोही नामकी अर्की पार्वती चन्द र कृष्ण लावडरहेका प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि घाईते हुनेमा रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट र अर्का दुई जना गरि ६ जना घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस