कोरोना सङ्क्रमणबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमणबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमणका कारण एक सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्र प्रहरीका इन्स्पेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।

अस्पतालको भेन्टिलेटरमा उपचाररत इन्स्पेक्टर बुढाथोकीको गए राति करिब साढे ११ बजे ज्यान गएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिएका छन् ।

बुढाथोकीलाई श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते  उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । २७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

उनी भदौदेखि मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत थिए । उनी तेह्रथुमको म्याङ्लुङका हुन् ।

अस्पताल स्रोतका अनुसार बुढाथोकीलाई दुई पटकसम्म प्लाज्मा थेरापी गरिएको थियो । प्लाज्माले पनि काम गरेन । अन्ततः उनको ज्यान गयो । स्वास्प्रस्वासमा समस्या आएका बुढाथोकीमा टाइफाइडको पनि समस्या रहेको र त्यसको नियमित औषधि सेवन गरिरहेका थिए ।

पारिवारिक स्रोत अनुसार बुढाथोकी अविवाहित थिए । शवको विराटनगरस्थित परोपकार घाटमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस