बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका 


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । म्याग्दीकी १८ वर्षीया सपना रोका बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा  परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया किशोरी सपना रोका बीबीसीको प्रभावशाली महिला बन्न सफल भएकी छन् ।

बीबीसीले मङ्गलवार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको नोबेल कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले तीन दर्जनभन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत बन्दाबन्दीका बेला निःशुल्क खाना खुवाउँदै पनि आएकी छन् ।

यसअघि सन् २०१९ मा नेपालकी बोनिता शर्मा बीबीसीको शक्तिशाली १०० महिलाको सूचीमा परेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस