चर्चित कमेडियन भारती र उनका पति हर्षलाई जमानतमा छोडिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चर्चित कमेडियन भारती र उनका पति हर्षलाई जमानतमा छोडिने


एजेन्सी

९ मंसिर २०७७, मंगलबार


काठमाडौं। भारतीय चर्चित हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई जमानतमा छाड्न अदालतले आदेश दिएको छ । शनिबार लागुपदार्थ प्रकरणमा पक्राउ परेका उनीहरूको मुद्दामा केही समयअघि भएको सुनुवाई गर्दै अदालतले यस्तो अनुमति दिएको हो ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले आइतबार हर्ष र शनिबार भारतीलाई पक्राउ गरेको थियो । आइतबारको सुनुवाईपछि भारतीलाई भायखला जेलमा लगिएको थियो । जहाँ उनी ४ डिसेम्बरसम्म रहने र त्यतिन्जेलसम्म उनका पति हर्ष तलोजा जेलमै बस्नुपर्ने भनिएको थियो ।

तर अदालतको निर्णयपछि उनीहरू दुबै आफ्नो घर जान पाउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केहि दिनअघि एनसिबीले उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । उनीहरु दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको समेत स्वीकार गरिसकेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस