कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरी बन्द, परीक्षा स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरी बन्द, परीक्षा स्थगित


एजेन्सी

९ मंसिर २०७७, मंगलबार


काठमाडौं । कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।

पाकिस्तानका संघीय शिक्षामन्त्री शफकत महमूदले आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने बताएका हुन्। सोमबार डा. एस फैसल सुल्तानसहितको राष्ट्रिय अपरेशन तथा कमाण्ड सेन्टर (एनसीओसी)को प्रेस ब्रिफिङमा शिक्षा मन्त्री महमूदले शैक्षिक संस्था अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने बताएका हुन् ।

प्रेस ब्रिफिङमा डा. सुल्तानले भने, ‘हामीले सबै प्रान्तमा कोरोनाभाइरस अवस्थाको विश्लेषण गर्‍यौं र यो निष्कर्षमा पुगेका छौँ कि भाइरस नियन्त्रणका लागि कडा लकडाउन गर्नुपर्ने छ ।’

कोरोनाका कारण देशको स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको छ । शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस