३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यका लागि २९ जनाको दरखास्त

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्य पदका लागि २९ जनाको दरखास्त परेको छ । लामो समयदेखि रिक्त रहेको आयोगको अध्यक्ष र सदस्य पदका लागि २९ जनाले आवेदन दिएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कात्तिक ७ गते आइतबार अन्तिम दिनसम्म आयोगको एक अध्यक्ष पदका लागि ४ जनाको आवेदन परेको छ भने दुई सदस्य पदका लागि २५ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

आयोगको अध्यक्ष नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त अर्थात् सचिवबाट अवकाश भएको व्यक्ति हुन सक्ने व्यवस्था छ । स्रोतका अनुसार सेवाबाट सचिव भएका लक्ष्मीराम पौडेल, पूर्व शिक्षा सचिव समेत रहेका कानुन सेवाका मधु रेग्मी, कानुन सेवाकै खगराज पौडेल र प्रशासन सेवाबाट अवकाश भएका विनोद केसीले अध्यक्ष पदका लागि दरखास्त दिएका छन् ।

यसै गरी सदस्य पदका लागि ४ महिलासहित २५ जनाको दरखास्त परेको छ । सदस्य पदका लागि हाल शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा निर्देशकका रूपमा कार्यरत शिक्षा मन्त्रालयका सहसचिव विष्णु अधिकारी, शिक्षाका पूर्व सहसचिवहरू देविना प्रधानाङ्ग, डिल्लीराम रिमाल, लालजँग चौहान, भक्त ढकाल, बाबुराम पौडेल लगायत २५ जनाको दरखास्त परेको मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार प्राप्त दरखास्त लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सर्च कमिटीलाई बुझाइएको छ । उम्मेदवारहरूले पदाधिकारी भए पछि चाल्ने नेतृत्वदायी भूमिका सहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यावसायिक कार्ययोजना समेत बुझाएका छन् । उम्मेदवारहरूले बुझाएको दरखास्त र अवधारणापत्रलाई विज्ञहरूले अध्ययन र मूल्याङ्कन गरी उनीहरूको प्रस्तुति पछि मात्रै सर्च कमिटीले मन्त्रालयलाई सिफारिस गर्ने छ ।

शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रीपरिषद्ले आयोगका पदाधिकारी सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सहितको सर्च कमिटी गरेको थियो ।

आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनु भन्दा कम्तीमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्छ । अध्यक्षका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

गत असोज १४ गते आयोगका तत्कालीन अध्यक्ष ताना गौतमको अवधि सकिए पछि अध्यक्षको पद खाली रहेको छ । सदस्य ज्ञानी यादव र अर्का सदस्य सिताराम पोख्रेलको अवधि २०७५ मंसिरमै सकिएका कारण अहिले आयोग पदाधिकारी विहीन छ ।

प्रतिक्रिया दिनुहोस