२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको प्रगति देखेर तर्सिएका मान्छेहरुले आत्तिएर सरकारको गलत प्रचार गरे : प्रधानमन्त्री ओली

अ+ अ-

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगति हेरेर तर्सिएका केही/केही मान्छेहरु देशमा स्थिरता आउला भन्ने चिन्ताले आत्तिएको बताएका छन् ।

आज विहान नेपालको पूर्वी हिमाली क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपको घुन्सा पुगेका ओलीले स्थानीयलाई सम्बोधन गर्दै देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएर सरकारले गरेका काम र सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका विषयमा गलत रुपले प्रचार गरीएको बताएका हुन्

सम्बोदनको क्रममा उनले भने, ‘सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर आत्तिएका छन् ।’

ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बड्छ भनेर उनीहरु आत्तिएको दाबी गरे । ओलीले थपे ‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’ प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान नदिने बताए ।

पूर्व क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गरेका थिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिन भने घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ प्रदान गरिन । उक्त रकमबाट प्रत्येकवर्ष १० जनालाई छात्रवृत्ति प्रदान गर्न विद्यालयलाई आग्रह गरिन ।

हेलिकप्टरमा काठमाडौँबाट सिधै घुन्सा गएका ओलीले राडी, पाखि र गलैंचा बुनाइको अवलोकन गरेका थिए । यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो ।

ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

घुन्साको कार्यक्रमपछि प्रधानमन्त्री नेतृत्वको टोली ओलाङचुङगोला र इलामको जौबारी जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस