प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान, इलाम पनि जाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान, इलाम पनि जाने


८ मंसिर २०७७, सोमबार


ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ । उनले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै आज फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ ।

प्रधानमन्त्रीले आज घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री १० बजे घुन्सा पुग्नेर खाना खाने कार्यक्रम रहेको बताइएको छ । दुई घण्टा घुन्सामा बसेर प्रधानमन्त्री ओली इलामको जौबारी जाने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री ओली कात्तिक २५ गते संखुवासभाको किमाथांकालगायत सीमावर्ती क्षेत्रको भ्रमणमा गएका थिए ।

सम्बन्धित समाचार : प्रधानमन्त्री ओली ८ गते घुन्सा जाने

 

Tags :
प्रतिक्रिया दिनुहोस