२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल अनिश्चित समयका लागि बन्द

अ+ अ-

सिमकोट । एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्। उनले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बताइन् । यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

कोरोना जोखिमका कारण सबै विद्यालय बन्द

कोभिड-१९ को उच्च जोखिमका कारण जिल्लाका सम्पूर्ण विद्यालय यही मङ्सिर ५ गतेदेखि बन्द भएका छन् ।

उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका-६ को याल्वाङ्ग गुम्बामा आठजनामा कोरोना सङ्क्रमण देखिएपछि प्रजिअ चिरञ्जीवी गिरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मङ्सिर ५ गतेदेखि अनिश्चितकालका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने र आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस