कोरोना सङ्क्रमणबाट एक जनस्वास्थ्य अधिकृतको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमणबाट एक जनस्वास्थ्य अधिकृतको मृत्यु


७ मंसिर २०७७, आइतबार


काठमाडौँ । कोरोना सङ्क्रमणका कारण नोबेल मेडिकल कलेज विराटनगरमा एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सप्तरीको राजविराज घर भएका जनस्वास्थ्य अधिकृत गौरीशङ्कर देवको शनिवार मृत्यु भएको हो ।

उनी सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए । दुई साताअघि कोरोना सङ्क्रमण देखिएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।

५० वर्षीय देवको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस