२४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३०५ पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३०५ पुग्यो


६ मंसिर २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेमा सात जना कोरोना संक्रमितको मृत्यु भएको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइएको जानकारी अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

सोही अवधीमा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

हालसम्म संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस