जर्मनीमा एकैदिन थप २३ हजार जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित संख्या ९ लाख नाघ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जर्मनीमा एकैदिन थप २३ हजार जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित संख्या ९ लाख नाघ्यो


एजेन्सी

६ मंसिर २०७७, शनिबार


बर्लिन । जर्मनीमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या ९ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल ९ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन् ।

कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना सङ्क्रमित भएका छन् ।

जर्मनीमा कोरोना भाइरसबाट सङ्क्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ ।

एक दिन अगाडि एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या २३ हजार ६४८ र मृत्यु भएकाहरुको सङ्ख्या २६० पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको हो ।

कोरोनाका कारण अहिलेसम्म विश्वभरी पाँच करोड ७९ लाख १५ हजार ५५९ जना सङ्क्रमित भएका छन् भने १३ लाख ७७ हजार ८२६ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस