आज उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या एक लाख नाघ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या एक लाख नाघ्यो


५ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।

काठमाडौँमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।

शुक्रबार उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिए सँगै उपत्यकामा हालसम्म १ लाख ८ सय ७२ जना संक्रमित भएका छन्

हालसम्म काठमाडौँमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९ सय ४८ जना संक्रमित देखिएका छन् ।

त्यसैगरी काठमाडौँमा ७१ हजार ५ सय ९१, भक्तपुरमा ६ हजार ४ सय ७० र ललितपुरमा ९ हजार ६ सय ३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी काठमाडौँमा ३ सय १६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस