जोर्जियाको पुन : मतगणनामा बाइडेन नै विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जोर्जियाको पुन : मतगणनामा बाइडेन नै विजयी


एजेन्सी

५ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपतिको चुनावमा जर्जिया राज्यमा दोस्रो पटक मतगणना गर्दा पनि डोनाल्ड ट्रम्प पराजित भएका छन्। जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेको उल्लेख गरिएको छ ।

सीएनएका अनुसार बाइडेनलले ट्रम्पलाई १२ हजार २ सय ८४ भोटले जितेका हुन् । जोर्जियाका चुनाव अधिकारीहरुका अनुसार पुन: गरिएको मतगणनामा चुनावमा कुनै धाँधली भएको पाइएन । राष्ट्रपति ट्रम्पले जोर्जियामा व्यापक धाँधली भएको बताउँदै पुन: मतगणना गर्न माग गरेपछि झन्डै ५० लाख मत हातैले गनिएको थियो ।

सन् १९९२ पछि जोर्जियामा चुनाव जित्ने पहिलो डेमोक्रेटिक उम्मेदवार हुन् जो बाइडेन् । करिब तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई महत्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो पटक सन् १९९२ मा डेमोक्रेटिक पार्टीका तर्फबाट बिल क्लिन्टनले जोर्जियामा जितेका थिए ।

बाइडेनले कुल ३०६ इलेक्टोरल भोट पाएका छन् । जुन सन् २०१६ मा राष्ट्रपति ट्रम्पले पाएकै जति हो । ट्रम्पको पक्षमा कुल २३२ इलेक्टोरल भोट पर्नेछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस