ओलीलाई हटाउनै पर्छ : डा. भट्टराई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओलीलाई हटाउनै पर्छ : डा. भट्टराई


३ मंसिर २०७७, बुधबार


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनु पर्ने बताएका छन् ।

भट्टराईले ट्वीटर मार्फत् सरकारको असफलता/भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् ।

‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ हैस् १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैनस २. ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,’ भट्टराईले लेखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस