ट्रम्पद्वारा एक निर्वाचन अधिकारी बर्खास्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्रम्पद्वारा एक निर्वाचन अधिकारी बर्खास्त


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक उच्च निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । मतदानमा धाँधली भएको भन्ने ट्रम्पको दाबीमाथि प्रश्न उठाएका निर्वाचन अधिकारीलाई ट्रम्पले बर्खास्त गरेका हुन् ।

नोभेमबर ३ मा नयाँ राष्ट्रपति छनोटका लागि निर्वाचन भएको थियो । ट्रम्पले निर्वाचनको परिणाम अहिलेसम्म अस्वीकार गर्दै आएका छन् । उनी बिना प्रमाण मतदानमा धाँधली भएको दाबी गरिरहेका छन् । ट्रम्पको दाबी खारेज गर्ने निर्वाचन अधिकृतलाई ट्रम्पले हटाएका हुन् । राष्ट्रपति ट्रम्पले साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्य्रिटी एजेन्सी (सीसा) का प्रमुख क्रिस क्रेब्सले मतदानका बारेमा ‘अत्याधीक बढी गलत’ टिप्पणी गरेका कारण बर्खास्त गरिएको बताएका छन् ।

यद्यपि निर्वाचन अधिकारीले भने यो निर्वाचनलाई अमेरिकी इतिहासको ‘सबैभन्दा सुरक्षित’ निर्वाचन भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस