कोरोना संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ललितपुरमा थप एक जना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आईसीयूमा राखेर उनको थप उपचार थालिएको थियो ।

ती महिलाको बुधबार बिहान २ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार उनमा पुरानो दमको समस्यासमेत थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस