पार्टी एकताको रक्षा गर्ने प्रयास जारी : परराष्ट्र मन्त्री ज्ञवाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पार्टी एकताको रक्षा गर्ने प्रयास जारी : परराष्ट्र मन्त्री ज्ञवाली


१ मंसिर २०७७, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्री एवम् नेकपाका नेता प्रदीप ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । नेता ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको तर एकताको रक्षा गर्ने प्रयास पनि जारी रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता ज्ञवालीले पार्टीभित्र देखिएका सङ्कटका बादलहरू हटेर जाने अपेक्षा समेत गरेका छन् । उनले भनेका छन् ‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, सङ्कटका बादलहरू हटेर जानेछन् ।’
नेता ज्ञवालीले पार्टीका नेता र कार्यकर्ताहरूलाई नीतिगत बहस गर्न आग्रह गर्दै आरोप प्रत्यारोप नगर्न समेत अनुरोध गरेका छन् । उनले भनेका छन् ‘कमरेडहरूलाई आग्रह छ, नीतिगत बहस गरौँ, आरोप प्रत्यारोप नगरौँ ।’ कम्युनिस्ट आन्दोलनलाई डुङ्गाको उपमा दिँदै मन्त्री ज्ञवालीले अहिले आरोप प्रत्यारोप गर्नेहरू सबै भोलि कुनै घुम्तीमा जम्काभेट हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले भनेका छन् ‘एउटै डुङ्गामा छौँ र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस