२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाको अनुदानमा कृषि सहकारीलाई गाडी

अ+ अ-

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित धुस्कुनमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई प्रदान गरिएको छ ।

कृषि तथा पशुजन्य उत्पादनको ढुवानीका लागी वडाको रु १३ लाख अनुदानमा धुस्कुन कृषि सहकारीलाई गाडी खरिद गरी उपलब्ध गराइएको हो ।

सरकारी अनुदानमा गाडी आएपछि धुस्कुनका कृषक खुशी भएका छन् । ‘गाउँको उत्पादन अब बजारसम्म लैजान सजिलो हुनेभयो’, कृषि सहकारीका लागि गाडी आएपछि स्थानीय कृषकले खुशी व्यक्त गरे ।

वडाको रु १३ लाख अनुदान र अपुग रकम सहकारीले नै व्यवस्थापन गरी कृषिजन्य उत्पादन ढुवानीका लागि गाडी खरिद गरी ल्याइएको धुस्कुन कृषि सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताए । ‘अब गाउँका उत्पादनको बजारीकरण र ढुवानीका लागि सजिलो भएको छ, वडाको सहयोगमा सहकारीले गाडी प्राप्त गरेको छ’, अध्यक्ष न्यौपानेले भने ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरी वडाले कार्यक्रम सञ्चालन गरिरहेको वडाध्यक्ष सुकदेव रिसाल बताउँछन्। आर्थिक वर्ष २०७७÷७८ का लागि पनि वडाले गाईभैँसी अनुदान र कुखुरापालन व्यवसाय बीमा कोष स्थापना गरेको छ । बीमा कोष रु पाँच लाखबाट शुरु गरिएको र यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताइएको छ ।

गाईभैँसी अनुदानअन्तर्गत धुस्कुन कृषि सहकारीसँग समन्वय गर्दै गाईभैँसी पाल्ने कृषकका लागि अनुदान उपलब्ध गराइने वडाध्यक्ष रिसालले बताए ।

‘पशुपालन गरी आयआर्जन गर्छु भन्नेका लागि बजेटको अभाव हुन दिइने छैन’, रिसालले भने ।

यसअघि धुस्कुन कृषि सहकारीमार्फत वडाकै अनुदानमा दुग्ध चिस्यान केन्द्रका लागि आवश्यक उपकरण खरिद गरी ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस