काठमाडौँमा ६ सय ४२ सहित उपत्यकामा थपिए ८ सय ३५ संक्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँमा ६ सय ४२ सहित उपत्यकामा थपिए ८ सय ३५ संक्रमित


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । काठमाडौ उपत्यकामा शनिबार थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १९ सय ४६ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा ८ सय ३५ जना कोरोना संक्रमित थपिएको हो ।

काठमाडौँ जिल्लामा ६ सय ४२, भक्तपुरमा ८८ र ललितपुरमा १ सय ५ जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ३ सय ७९ र पुरुष ४ सय ५६ छन्।

त्यसैगरी आज २४ घन्टामा २५०३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ७० हजार ६ सय ३२ रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस