अहङ्कारी निरीह मान्छे ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अहङ्कारी निरीह मान्छे !


२९ कार्तिक २०७७, शनिबार


मृत्युको पीडाले असह्य हुँदा नि, डाँको छोडी रुन पाको छैन मान्छे
आफन्त त के कुरा ! आफ्नै परिवारलाई नि, छुन पाको छैन मान्छे

व्यर्थै फेरि घमण्ड गर्छ आफै बुद्धिमानी अनि बलवान शेर झैँ ठानी
एउटा सूक्ष्म भाइरसको सामुन्ने त, शक्तिशाली हुन पाको छैन मान्छे

संसारका सारा चिज आफ्नो कब्जामा पार्न हानथाप जति नै गरे नि
बिमार भई थला पर्दा, निको पार्ने ओखती नि छुन पाको छैन मान्छे

अहङ्कारले जतिसुकै हुङ्कार गरेनि, आखिर निरीह त निरीह नै छ उस्तै
गुमनाम मर्दा मलामी विहीन, शङ्खको एकोहोरो धुन पाको छैन मान्छे

बाँचुन्जेल खरबौँको सम्पत्ति रे, मर्दा उसले लाने के नै छ र बिचरा ?
बहुमूल्य गहनाले धपक्कै बलेनी, मरेपछि सुन लाको छैन मान्छे ।

Tags :
प्रतिक्रिया दिनुहोस