नेपाल लाइफले ल्यायो तिहारको साङ्गीतिक शुभकामना गीत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल लाइफले ल्यायो तिहारको साङ्गीतिक शुभकामना गीत


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधवार तिहारको साङ्गीतिक शुभकामना गीत सार्वजनिक गरेको छ । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहार नजिकिँदै गर्दा कम्पनीले तिहार शुभकामना गीत तयार गरेको हो ।

नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरूलाई संगीत संयोजन म्युजिक भिडियोमार्फत उत्कृष्ट पस्कने प्रयास गरिएको छ ।

मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डिसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन् । यस शुभकामना गीतमा सङ्गीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डिसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

गीतमा मनोरञ्जन मात्र होइन, ‘बिमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलिमिली बत्तीले सारा नेपाललाई रङ्गाउन गीतमा उद्घोष गरिएको छ । महान् चाड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरञ्जन प्रदान गर्नुका साथै बिमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपालीसमक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस