मल कारखाना स्थापना गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

मल कारखाना स्थापना गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौं । सरकारले नेपालमा रासायनिक मल उत्पादन गर्न तीन सदस्य समिती गठन गरेको छ ।

समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशु पन्छि विकासमन्त्री घनश्याम भुषाल सदस्य रहेका छन् ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै बिहीबार रासायनिक मल उत्पादन गर्ने उद्योग निकट भविष्यमै स्थापना गरिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बसेको मन्त्रिपरिषद बैठकमा स्वदेशमै रासायनिक मल उत्पादन गर्ने एउटा उद्योग खोल्ने प्रस्ताव ल्याएपछि उक्त निर्णय गरिएको थियो।

‘उद्योग खोल्न सम्भाव्यता अध्ययन र लगानीबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ,’ उनले भने।

उनले अब तत्कालका लागि जिटुजीबाट रासायनिक मल ल्याउने प्रक्रिया अगाडि बढाउन कृषि मन्त्रालयलाई निर्देशनसमेत मन्त्रिपरिषद बैठकबाट दिइएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस