गायक पवन गिरीको ‘कालापानी सिमाना’ सार्वजनिक  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक पवन गिरीको ‘कालापानी सिमाना’ सार्वजनिक 


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौं ।  वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो  सार्वजनिक भएको छ।

यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको छ।  यस गीतलाई कमल राईले संगीत संयोजन गरेका छन् ।

यस गीतमा  नेपाल आइडल फेम्ड गायिका मेघा श्रेष्ठ , पवन गिरी, विक्रम बराल र साथमा किरण गजमेर र कमल राईको स्वर  सुन्न सकिन्छ।

देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको  म्युजिक भिडियोमा निराजन प्रधान , गीता थापा , राम प्रसाद हुमागाईँ र अजय हुमागाईँको अभिनय देख्न सकिन्छ।

हरि हुमागाईँले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् भने मन्जु खड्का योञ्जन उत्पादक रहेको भिडियोलाई सिम्पल खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस