नेपाल र अमेरिकाबीच भएका सन्धि सम्झौता कार्यान्वयन गर्न भूमिका निर्वाह गर्नेछु : डा. खतिवडा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल र अमेरिकाबीच भएका सन्धि सम्झौता कार्यान्वयन गर्न भूमिका निर्वाह गर्नेछु : डा. खतिवडा


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत डा.युवराज खतिवडाले नेपाल र अमेरिकाबीच भएका सबै सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले भूमिका खेल्ने बताएका छन् । बिहीबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा संसदीय सुनुवाइका क्रममा खतिवडाले सो कुरा बताएका हुन् ।

प्रस्तावित राजदूत खतिवडाले राजदूत भएर अमेरिका गएपछि दुई देशबीचको आर्थिक सहकार्यलाई थप बल दिनेमा जोड दिए । प्रस्तावित राजदूत खतिवडाले भने, ‘नेपाल र अमेरिकाबीच भएका सबै सन्धि सम्झौतालाई आपसी सहकार्यमा अगाडि बढाउन भूमिका निर्वाह गर्नेछु, दुई देशबीचका सम्झौता र सन्धिहरूलाई व्यवस्थित गर्दै कार्यान्वयनमा लैजानका लागि म भूमिका निर्वाह गर्नेछु ।’

यस्तै उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका केन्द्रीय कार्यालय अमेरिकामा रहेका र ती संस्थामा अमेरिकाको बोलवाला रहेकाले त्यहाँबाट नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । एसियाली विकास बैंकमा पनि अमेरिकी सरकारको कुरा चल्ने भएकाले आफूले त्यहाँबाट लगानी ल्याउन राजदूतका रूपमा आफूले भूमिका खेल्ने उनको भनाई थियो । खतिवडाले आफूले आर्थिक कूटनीतिमा जोड दिने बताए ।

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदशर्न रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको संसदीय सुनुवाइ चलिरहेको छ ।

प्रस्तावित राजदूतहरुलाई संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस