धनुषा जिल्लामा देउसी, भैलो निषेध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धनुषा जिल्लामा देउसी, भैलो निषेध


२७ कार्तिक २०७७, बिहिबार


धनुषा । धनुषामा तिहारमा देउसी, भैलो तथा जुवा तास खेल्न निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार एक सूचना जारी गर्दै सो जानकारी सर्वसाधारणलाई गराइएको छ ।

कोरोना महामारी कोभिड १९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै बुधबार बसेको जिल्ला सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले तिहार पर्वमा देउसी, भैलो तथा जुवा, तास नखेल्न र तराईको मधेसी समुदायको मुख्य चाड छठ पर्वमा खोला नदी तथा पोखरीहरु भित्र नपसी, भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए

Tags :
प्रतिक्रिया दिनुहोस