सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ


२६ कार्तिक २०७७, बुधबार


काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् । बाउन्स चेक दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनीविरुद्ध झविन्द्र बन्जाडेले चेक बाउन्ससम्बन्धी उजुरी दिएका थिए । करिब डेढ महिनाअघि थापाले आफूलाई दिएको १ करोड रुपैयाँको चेक बाउन्स भएको उनको जिकिर छ ।

थापाले विद्युतीय बस ल्याउने भनी धेरै व्यक्तिसँग रकम संकलन गरेको गुनासो आएको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस