मंसिर २ गते सार्वजनिक बिदा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मंसिर २ गते सार्वजनिक बिदा


२६ कार्तिक २०७७, बुधबार


काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गरी मंसिर २ गते सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन्। यस वर्ष मंसिर १ गते भाइटिका परेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस