धुम्बाराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धुम्बाराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरुको बैठक सुरु भएको छ ।

धुम्बाराही बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

यसअघि प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस