कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु


२४ कार्तिक २०७७, सोमबार


कैलाली । कैलालीमा सोमबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट टीकापुर नगरपालिका-१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

कार्तिक २० गते कोरोना पुष्टि भएका टीकापुरका ९० वर्षीय पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

त्यसैगरी धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो । शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस