बाराको महागढीमाईमा १० किलो मिटर लामो म्याराथन दौड सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाराको महागढीमाईमा १० किलो मिटर लामो म्याराथन दौड सम्पन्न


२३ कार्तिक २०७७, आइतबार


बारा । ​ बाराको महागढीमाई नगरपालिकामा शनिबार पहिलो पटक १० किलो मिटर लामो म्याराथन दौड सञ्चालन गरिएको छ। ​

महागढीमाई नगर क्षेत्रमा आयोजित म्याराथुन दौड प्रतियोगितामा ७५ जना महिलासहित ३ सय जना सहभागी भएका थिए।

प्रतियोगितामा महागढीमाई नगरपालिका-८ का मेराज अंसारी प्रथम, बारागढी गाउँपालिकाको बिशुनफेयाल राम द्वितीय र रमेश राम तृतीय भएका छन्।

त्यसैगरी, प्रतियोगितामा महिलातर्फ​ महागढीमाईका खुस्बु गुप्ता प्रथम, सम्झना चौधरी द्वितीय र सियान्का गुप्ता तृतीय भएकी छिन्। उनीहरूलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले ट्रफी प्रदान गरेका थिए।

महागढीमाई फाउन्डेसन नेपालको आयोजनामा महागढीमाई नगरपालिका-१ स्थित गढीमाई रंगशालाबाट शुरू भएको थियो। उद्घाटन कार्यक्रममा नगर प्रमुख यादवले युवा पिंढीको स्वास्थ्य सुधार र खेलकूदप्रतिको मनोबल बढाउन म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस