कालिन्चोक मन्दिर दर्शन तथा पुजापाठ गर्न रोक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कालिन्चोक मन्दिर दर्शन तथा पुजापाठ गर्न रोक


२२ कार्तिक २०७७, शनिबार


दोलखा । दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पुजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

दोलखामा पछिल्लो समय वढदै गएको कोरोना भाइसरका कारण देखाउदै सङ्क्रमणको अवस्था भन्दै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पुजापाठ गर्नका लागि वन्द गरेको जनाएको छ ।

लकडाउनका कारण लामो समयदेखि वन्द रहेको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय अन्तरिक पर्यटक आंशिक रुपमा जान थालेका र कालिन्चोक कुरी वजार क्षेत्रका केहि होटल सञ्चालनमा आउन थालेका छन् ।

सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रशासन गरी उक्त क्षेत्रमा नजान निर्देशन गरेको छ ।

कालिन्चोक गाँउपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङडाडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरेको र कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐन अनुसार कार्वाही गरिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस