चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु


२२ कार्तिक २०७७, शनिबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र चराउने क्रममा हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ।

शनिबार दिउँसो चितवनको रत्ननगर नगरपालिका-६ स्थित जंगलमा चराउने क्रममा माउतेलाई नै हात्तीले आक्रमण गरेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

एनपिएन संघले पाल्दै आएको हात्तीले रौतहटको चन्दपुर गैडाटार घर भएका ३३ वर्षीय माउते हंसराज कुँवरमाथि आक्रमण गरेको थियो। उनी रत्ननगर-६ मा बस्दै आएका थिए।

 

प्रतिक्रिया दिनुहोस