क्रिकेट संघद्वारा खेलाडीको पुनः वर्गीकरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्रिकेट संघद्वारा खेलाडीको पुनः वर्गीकरण


२२ कार्तिक २०७७, शनिबार


काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरणमा पुन हेरफेर गरेको छ ।

क्यानले गते असोजमा पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर बर्गीकरण त्रुटीपूर्ण भएको भन्दै क्रिकेट खेलाडी संघले असन्तुष्टि जनायो भने राष्ट्रिय खेलकुद परिषदले स्पष्टीकरण सोधेको थियो ।

शनिबार भर्चुअल बसेको क्यानको बोर्ड बैठकले खेलाडीको वर्गीकरणमा हेरफेर गरेको हो । खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामीलाई ग्रेड बीबाट एमा ल्याएको क्यानले जनाएको छ । त्यस्तै अबिनास बोहरालाई ग्रेड सीबाट ग्रेड बीमा ल्याएको छ ।

यसअघि ग्रेडिङमा नपरेका ललित नारायण राजवंशीलाई ग्रेड बी र सन्दीप जोरालाई ग्रेड सीमा पुन वर्गीकरण गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले सर्बसम्मत पारित गरेको जनाएको छ ।

त्यसैगरी महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई बी, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड सीमा राख्‍ने निर्णय गरेको क्यानले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनवरी देखि ६ महिनाको लागि गर्ने निर्णय गरिएकोसमते क्यानले विज्ञाप्तिमा जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस