डेढ दर्जन बाछिटा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

डेढ दर्जन बाछिटा


२२ कार्तिक २०७७, शनिबार


(१)
आशमा
दशैं सकियो
त्रासमा

(२)
कहर
पाठशाला भो
रहर

(३)
भएन
महिला हिंसा
गएन

(४)
अति भो
बिचौलियाले
खती भो

(५)
धन्दामा
भ्रष्टको खेती
फन्दामा

(६)
रहस्य
खुल्नेछ पख
अवश्य

(७)
नारीमा
मोहनी रूप
सारीमा

(८)
साथमा
अङ्गालो मिठो
रातमा

(९)
दौँतरी
साथी बिनाको
चौतारी

(१०)
जवानी
माया मार्‍यौ कि
परानी ?

(११)
माइत
जुरेन जान
साइत

(१२)
हाँसोले
मायाको वर्षा
सासूले

(१३)
रामले
बित्यास पार्‍यो
खामले

(१४)
चुरोको
कुरा बुझ्नेकी
सुरोको ?

(१५)
सस्तै भो
नयाँ जोगी नि
उस्तै हो

(१६)
कहर
बालुवा सके
बगर

(१७)
सच्चाको
न्याय कहिले
नक्साको ?

(१८)
चाहे सी
भेटिन्छ माया
धाए सी

प्रतिक्रिया दिनुहोस