कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । हास्य बिधामा चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणका कारण स्वास्थ्य अबस्थामा समस्या आएको छ ।

उनलाई कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएकाको थियो ।

कोरोना संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीकोअस्पताल भर्ना गरिएको थियो।

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार उपचारको क्रममा रहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि हाल उनको आईसियूमा उपचार भइरहेको छ।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस