सभामुख सापकोटाद्वारा श्रद्धाञ्जली व्यक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख सापकोटाद्वारा श्रद्धाञ्जली व्यक्त


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले संघीय संसद, प्रतिनिधि सभाका पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य माननीय कृष्णबहादुर महराकी पत्नी सीता महराको आज विहान भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोरोना संक्रमणपछि काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकी सीता महराप्रति उनले विज्ञप्ति जारी गर्दै श्रद्धान्जली व्इक्त गरेका हुन् ।

‘स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी पाएको थिएँ । स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज विहान दुःखद निधन भएको खबरले स्तब्ध बनाएको छ ।’

उनले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै। कृष्णबहादुर महरा, दुई छोरा, दुई छोरी लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस