३११४ जनामा कोरोना संक्रमण, ३१४२ जना कोरोना मुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३११४ जनामा कोरोना संक्रमण, ३१४२ जना कोरोना मुक्त


१८ कार्तिक २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। त्यसैगरी २४ घण्टामा ३१ सय ४२ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या हजार नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या मंगलबार १ हजार ४ पुगेको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस