२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा पाँच अंकको गिरावट

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ४.७२ विन्दुले घटेर एक हजार ६४०.९५ मा ओर्लेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.४१ ले घटेर ३२६.६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कूल १९६ कम्पनीको एक करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर रु दुई अर्ब ९३ करोड नौ लाख ३९ हजार ७ मूल्यमा खरीदबिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो तथा सात उपसमूहको शेयर ओरालो लागेका छन् । व्यापार २४.३७, जलविद्युत् १९.३१, निर्जीवन बीमा १०.४५, अन्य ५.३६ र लघुवित्त २९.४१ विन्दुले बढेका छन् । यस्तै बैंकिङ १४.५५, होटल १५.२९, विकास बैंक ६.९८, वित्त २.१८, उत्पादन १५.२१, जीवन बीमा ७.४५ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेका छन् ।

कारोबारका आधारमा आज शिवश्री हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड २७ लाख ७२ हजार ९२५ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु १६ करोड ८७ लाख ६० हजार ४९६, प्राइम बैंक रु १५ करोड ६८ लाख ८६ हजार ६९४, एचआइडिसिएल रु १२ करोड २४ लाख ४९ हजार ९३८, एनआइसी एशिया बैंक रु १० करोड ७७ लाख ४६ हजार ६८०, सानिमा बैंक रु १० करोड ६३ हजार र नेपाल बैंक रु नौ करोड तीन लाख ९६ हजार ३९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी नेपाल फाइनान्सका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाउँदा शिवश्री हाइड्रोपावर ९.८५, एचआइडिसिएल ९.७६, नेरुडे लघुवित्त ९.५६, रैराङ हाइड्रोपावर ६ र अपी पावर कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए ।

त्यस्तै सानिमा इक्विटी फण्ड ५.३०, स्टयाण्डर्ड बैंक ३.९५, जनरल इन्स्योरेन्स कम्पनी ३.७३, कर्णाली डेभलपमेन्ट बैंक ३.४०, सनराइज बैंक ३.३५, सेन्ट्रल फाइनान्स २.९१ र नेपाल हाइड्रोका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस