जुवा खालबाटै पक्राउ परे पूर्व राज्यमन्त्री « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जुवा खालबाटै पक्राउ परे पूर्व राज्यमन्त्री


१६ कार्तिक २०७७, आइतबार


काठमाडौँ । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाटै पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो ।

यस्तै जुवाखालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनी २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए । २०६८ सालमा डा. बाबुराम भट्टराईको पालामा राज्यमन्त्री बनेका थिए ।

त्यसअघि खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा पनि राज्यमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस