आईपीएल : राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आईपीएल : राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित


प्रशासन संवाददाता

१५ कार्तिक २०७७, शनिबार


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट खेलमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

युएईमा जारी १३ औँ संस्करणको आईपीएलमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १३ खेलमा १२ अंक जोडेको राजस्थानले आफ्नो प्ले अफ सम्भावना कायमै राखेको छ ।

यस्तै राजस्थानले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यस अघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।

पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौथो स्थानमा छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस