१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल्कवाङ सडक सञ्जालमा जोडियो

अ+ अ-

म्याग्दी । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका-५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, म्याग्दीले मराङको बेँशीदेखि आरवाङ-हाङबाङहुँदै मल्कवाङ जोड्ने सडक निर्माण गरेको हो ।

मल्कबाङका अमर छन्त्यालले सडकको ट्र्याक (मार्ग) खुलेपछि जीप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेको बताए । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको मल्कवाङमा यसअघि सडक यातायात सुविधा थिएन् । आवतजावतका लागि भीर, जङ्गल र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्दथ्यो । ढुवानीका लागि घोडा, खच्चर र भरियामा निर्भर थिए ।

यातायातका साधन सञ्चालन हुन थालेपछि आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा सहज भएको छ । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब पाँच सय घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन् ।

यो सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ । बेँशीदेखि पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट तीस मिनेटमै पुगिन्छ । यात्राअवधि छोटिएको र ढुवानीको भाडा घटेको छ । बिरामीलाई अस्पताल पुर्‍याउन सजिलो भएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार बेँशीदेखि मल्कवाङ जोड्ने सडकको दूरी ११ किलोमिटर छ । आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको रु ८० लाख बजेटबाट उपभोक्ता समितिले बेँशीदेखि आरवाङ हुँदै मल्कवाङका सिमानासम्म सडक खनेका थिए ।

कार्यालयका सव इञ्जिनीयर घनश्याम रोकाले २०७६/७७ मा रु ७२ लाख ७ हजारमा ठेक्का सम्झौता गरेको अर्गेजा कन्ट्रक्सनले दुई हजार ७०० मिटर सडकको नयाँ ट्र्याक खनेको जानकारी दिए । ‘गत असारमा खनिएको सडकमा खसेको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन भए पनि ठेक्का सम्झौता अनुसार ६६ प्रतिशत प्रगति भएको छ’, उनले भने, ‘यस वर्ष मल्कवाङदेखि भेडिखाल्टा जोड्ने सडक निर्माणका लागि विनियोजन भएको रु एक करोड २५ लाख बजेटको ठेक्का आह्वान भइसकेको छ ।’

रघुगङ्गा गाउँपालिकाको पाखापानी-ठाडाखानी हुँदै भेडिखाल्टाको नजिकै सडक पुगिसकेको छ । मल्कवाङदेखि भेडिखाल्टा गाउँ जोडिएपछि यो सडक म्याग्दीको पाँच वटा स्थानीय तहलाई जोड्ने चक्रपथ बन्ने बताइएको छ । सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जा बाहेकका वडाको भूगोल सडक सञ्जालमा जोडिएका छन् । वडा न ४ मुदीमा पनि हालै सडक यातायात सुविधा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस