काठमाडौँ । नेपालमा शुक्रबार ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा संक्रमण भएको हो।
योसँगै अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट शुक्रबार १६ जनाले ज्यान गुमाएका छन्।