पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो


१४ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका-१५ का ८१ वर्षीय वृद्ध र स्याङ्जाको वालिङ नगरपालिका-५ का ७० वर्षीय वृद्ध रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका-१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान होम आइसोलेसनमा नै मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु थापाका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै बस्दै आएका थिए ।

त्यसैगरी स्याङ्जाको वालिङ नगरपालिका-५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान ८ः३५ बजे मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत उनको कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धलाई आईसीयू कक्षमा राखेर उपचार थालिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

डा. आचार्यका अनुसार वृद्ध निमोनिया लगायतका अन्य रोगबाट पनि ग्रसित थिए ।

शुक्रबार दुई जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस