एटीएम तोडफोड गर्न खोज्‍ने युवक लागुऔषधसहित पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एटीएम तोडफोड गर्न खोज्‍ने युवक लागुऔषधसहित पक्राउ


१४ कार्तिक २०७७, शुक्रबार


तनहुँ । तनहुँमा व्यास नगरपालिका-४, ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँ पैसा लुट्ने योजनासाथ उक्त एटीएमको पिनहरू पेचकस (स्क्रु ड्राइभ) को सहायताले खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले पक्राउ गरी जाँच गर्दा लागुऔषध १३५ ट्याब्लेट नाइट्राभेटसहित फेला परेको छ । उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेको हो । उनले प्रयोग गरेको ग.११प ९९६५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस